परियोजनाको परिचय

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्घि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना परियोजनाले गरेको छ। यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति (ADS) कार्यान्वयनको सहयोग परियोजना हो। परियोजना नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई आ.व.२०७३/०७४ देखि देशभर सञ्चालित छ। यसै परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइ, धान जोन र तरकारी जोन स्थापना भएको छ।